पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयपछि मन्त्री मण्डललाई पूर्णता दिएका छन् ।
शुक्रबार थप ६ जना मन्त्री नियुक्त गर्दै ११ मन्त्रालय रहेको मन्त्रीपरिषद्लाई पूर्ण दिएका हुन् ।
नयाँ जिम्मेवारी अनुसार कांग्रेसका कुमार खड्काले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री, विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, मेखलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्री र मणिभद्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा सपथ लिएका छन् ।
त्यस्तै गरी माओवादी केन्द्रका तर्फबाट रामजी बरालले अर्थ मन्त्रालय, चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय र दीपक थापाले वन, वातावरण तथा भू–संक्षण मन्त्रालयको सपथ लिएका छन् ।
माओवादीबाट मधुमाया अधिकारी यसअघि नै मन्त्री बनेकी छिन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाएकी छिन् ।
जसपाबाट हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् भने स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवादी प्रदान गरिएको छ ।
नवनियुक्त मन्त्रीहरलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ खुवाएकी हुन् । सपथपछि मन्त्रीहरुले शहदीको फोटोमा मार्लापण गर्दै पदभार ग्रहण गरेका छन् ।





















