काठमाण्डौं । ओली पक्षको ‘युथ फार्स’लाई काउन्ट दिने गरी माधवकुमार नेपाल पक्षले ‘पिपुल्स भोलेन्टियर’को घोषणा गरेको छ ।
युथ फोर्सलाई काउन्टर दिनकैलागि नेपाल पक्षले पिपुल्स भोलेन्टियर घोषणा गरेको हो ।
नेता नेपाल निकट युवा संघको मातहत रहने गरी पिपुल्स भोलेन्टियर बनाइएको एक नेताले बताए ।
बिहीबार भक्तपुरमा माधव नेपाल पनि उपस्थित पुष्पलाल स्मृति दिवसको कार्यक्रममा युवा संघले उक्त कुराको घोषणा गरेका हुन् ।
पिपुल्स भोलेन्टियरको अध्यक्षमा शिव श्रेष्ठ र सचिवमा मनोज खत्री रहेका छन् ।
केही दिनअघि अध्यक्ष केपी ओली निकट युवा संघले युथ फोर्सको घोषणा गरेको थियो । त्यसलाई नै काउन्टर दिन नेपाल पक्षनिकट युवा संघले ुपिपुल्स भोलेन्टियरु घोषणा गरेको हो ।
यसअघि पनि नेपाल पक्षनिकट युवा संघले अखिल फोर्स बनाएका थिए ।




















