काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार ७१४ जनामा कोरोना संक्रमण देखिएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएका १२ हजार ८२९ नमूना परीक्षणमा बिहीबार २ हजार ७१४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
९ हजार १२२ जनाको पीसीआर गर्दा १ हजार ८५५ जना र ३ हजार ७०७ जनाको एन्टिजेट गर्दा ८५९ जना संक्रमण देखिएको हो । यो सहित संक्रमितहरुको संख्या पीसीआर तर्फ ६ लाख ७४ हजार ७२६ जना र एन्टिजेन तर्फ ५२ हजार ४४३ जना पुगेको छ ।
पछिल्लो २४ घन्टामा १ हजार २८८ जनाले कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो सहित नेपालमा संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३७ हजार ६९० जना पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा संक्रमण कै कारण थप २४ जनाले ज्यान गुमाएका छन् । यो सहित नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६६१ पुगेको छ ।




















