काठमाण्डौं । सरकारले विभिन्न बहानामा निषेधाज्ञालाई खुकुलो पारदै जादा संक्रमितहरुको संख्यामा पनि बृद्वि हुन थालेको छ । बुधबार मात्रै पनि थप २ हजार ८३८ जनामा संक्रमण देखिएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ६१६ नमूना परीक्षणमा बुधबार थप २ हजार ८३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका सहित नेपालमा संक्रमितहरुको संख्या पीसीआर तर्फ ६ लाख ७२ हजार ८७१ जना र एन्टिजेन तर्फ ५१ हजार ५८४ पुगेको छ ।
त्यस्तैगरी आज १ हजार ४७५ जनाले कोरोना जित्न सफल भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमणलाई जित्नेको संख्या ६ लाख ६३ हजार ४०२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ३० जनाको ज्यान गएको छ । यो सहित संक्रमणबाट ज्यान गुमाउनेको संखया नेपालमा ९ हजार ६३७ जना पुगेको मन्त्रालयले जनाएको छ ।





















