काठमाण्डौ । नेपाल प्रहरीले शक्तिवर्धक मानिएको प्रतिबन्धति पेय पदार्थ रेडबुल रहेको गोदाममा छापा मारेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले काठमाण्डौंमा रहेका पाँच स्थानका गोदाममा छापा मारेको हो ।
राजधानीको न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटारमा रहेको गोदाममा छापा मारेर ४ जना गोदाम सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा काठमाण्डौँका रबिनराज श्रेष्ठ, बाँके घर भएका राजु पौडेल, ओेखलढुंगा घर भएका धन बहादुर श्रेष्ठ र सर्लाही घर भएका वीरेन्द्र चौधरी छन् ।
प्रहरी ति गोदमबाट ४ हजार ८४८ वटा रेडबुल बरामद गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
२०७६ असारमा प्रकाशित राजपत्र भाग–५ मा क्याफिनयुक्त शक्तिवर्धक पेय पदार्थ विक्री, वितरण बन्देज गरिएको छ । रेडबुल नेपालमा प्रतिबन्धित भएको हुनाले बेच्न नमिल्ने प्रहरीको भनाई छ ।




















