काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।
गत जेठ २६ देखि नै सञ्चालन हुने तय भएको परीक्षा कोरोना महामारीका कारण रोकिएको थियो । बोर्डले नयाँ मिति तय गरेर परीक्षा तालिका सार्वजनिक गरेको हो ।





















