काठमाण्डौ । नेपाल र चीन सरकार बिच भएको खरिद सम्झौता अनुसारको बाँकी खोप अब ३ दिनमा आउने भएको छ । अनुदानसहित ४८ लाख डोज खोप लिन नेपाल बायुसेवा निगमको जहाज आज राती चीन जादै छ ।
पहिलो चरणमा ४८ लाख मध्ये २५ लाख डोज खोप नेपाल भित्रने स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनतले यस अघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिएको थियो ।
कोरोना भाइरसविरुद्धको खोप लिनकैलागि आज नेपाल वायु सेवा निगमको जहाज चीन जाँदैछ । निगमका अनुसार आजदेखि ३ उडानमार्फत नियमित खोप ल्याइने छ ।
निगमको जहाज बुधबार राति ११ बजे गएर बिहीबार दिउँसो २ बजे नेपाल आउने छ । यस्तै बिहीबार राति ११ फेरि जहाज पुनः चीन जाने र शुक्रबार आउने छ ।
खोप लिनकै लागि निगमको जहाज सनिबार पुनः चीन गएर आइतबार फर्कने कार्यक्रम तय भएको छ ।
चीनबाट खोप आयात गरे देखी नेपालमा नियमित रूपमा खोप अभियान पनि सञ्चालन भई रहेको छ ।




















