काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको छ ।
देशै भरको विभिन्न प्रयोगशालामा गरिएको १३ हजार १३५ नमुना परीक्षण गर्दा ३ हजार १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज ८ हजार ८३६ जनाको पीसीआर गर्दा २ हजार २०२ जना र ४ हजार २९९ जनाको एन्टिजेन परिक्षण गर्दा ९०६ जनामा संक्रमण देखिएको छ । यो सहित नेपालमा संक्रमितहरुको संख्या पीसीआर तर्फ ६ लाख ७० हजार ९५३ जना र एन्टिजेन तर्फ ५० हजार ६६४ जना गरी कुल ७ लाख २१ हजार ६१७ जनामा संक्रमण देखिई सकेको छ ।
साथै पछिल्लो २४ घण्टामा १ हजार ५९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो सहित कोरोना संक्रमणबाट मुत्त हुनेको संख्या ६ लाख ३४ हजार ९२७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा देशभर संक्रमणबाट थप २५ जनाको ज्यान गएको छ । यो सहित नेपालमा संक्रमणबाट ज्यान गुमाउने को संख्या ९ हजार ६०७ जना पुगेको छ ।





















