काठमाण्डौ । नेकपा एमालेले सरकारले आइटी मार्फत जनतामा भ्रम र्सिजना गर्न सक्ने भन्दै प्रभु साहको नेतृत्वमा आईटी आर्मीको घोषणा भएको छ ।
लोकन्थलीस्थित एक पार्टी प्यालेसमा आज भएको भेलाले साहको नेतृत्वमा आईटी आर्मीको घोषणा गरेको हो ।
सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आर्मी निर्माण गरिएको घोषणा पत्रमा उल्लेख छ ।
आइटीको सहायताले मुलुकमा ब्याप्त दुराचार, बेथिति, विकृति, कुशासन, अराजकतासहित सबैखाले दमन उत्पीडन एवं विभेदलाई बढवा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्न सक्ने भन्दै केन्द्रीय कमिटी १५१ सदस्यीय समिति गठन गरिएको छ ।
आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ । यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ ।




















