एजेन्सी । इराकको राजधानी बगदादमा बम विस्फोटन भएको छ । घटनामा परी कम्तीमा पनि ३५ जनाको मृत्यु भएको छ ।
बिस्फोटमा परेर दर्जनौँ घाइते भएका छन । सर्वसाधारण मानिस इद पर्वको तयारी गरिरहँदा उत्तरी साड सहरको ब्यस्त स्थानमा विस्फोट भएको हो ।
सोमवारको आक्रमणमा मारिनेहरूमा महिला र बालबालिका पनि थिए । बिस्फोटलाई पछिल्लो छ महिनामा त्यहाँ भएको सबैभन्दा घातक घटना मानिएको छ ।
केही पसलहरूमा आगलागी समेत भएको छ । विस्फोटको जिम्मा इस्लामिक स्टेट ‘आईएस’ समूहले लिएको छ ।
इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो । तर पनि गोप्य रूपमा केही सदस्यले सानातिना घटनाहरू गराउँदै आएका थिए ।
आइएसले अप्रिलमा ४ जनाको मृत्यु हुने गरी कार बम हमला गरेको थियो । जनवरीमा आईएसले नै ३२ जनाको ज्यान जाने गरी गरिएको आक्रमणको पनि जिम्मा लिएको थियो ।




















