साँकेतिक तस्बिर
लमजुङ । लमजुङमा आज टिभी हेर्दै गरेकी बालिकाको करेन्ट लागेर ज्यान गएको छ ।
राईनास नगरपालिका ७ को सालफेदी बस्ने ८ बर्षिया श्रृष्टि पाण्डेको टिभी हेर्ने क्रममा करेन्ट लागेर ज्यान गएको लमजुङ प्रहरीले पुष्टी गरेको छ ।
करेन्ट लागेर घाईते भएकी बालिकाको धमिलीकुवामा रहेको सहोदर अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।
भिटी हेर्ने क्रममा सेन्ट्रल बक्समा छुन पुग्दा एक्कासी बालिकालाई करेन्ट लागेको र उपचारकोलागि अस्पताल लगिएको उनका पिता राकेश पाण्डेले बताए ।
लमजुङ प्रहरीले घटनाको बिषयमा अनुसन्धान थालेको जनाएको छ ।




















