साँकेतिक तस्बिर
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयले आज दिएको जानकारीअनुसार दुई प्रधानमन्त्रीबीच सोमबार सौहार्दपूर्वक कुराकानी भएको हो ।
कुराकानीका अवशरमा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई तत्कालै कोरोना खोप उपलब्ध गराउने विश्वास दिलाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतिय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री देउवासंग टेलिफोनमा आफुले बधाई दिएको उल्लेख गर्दै दुई देशका बीचको सम्बन्ध थप उचाईमा पु¥याउनका लागि संगै काम गर्ने बताएका छन् ।
मोदीले ट्वीटरमा कोरोना महामारीका विरुद्ध संगै लड्ने समेत बताएका छन् ।




















