काठमाण्डौ । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा गरिएको ७ हजार ८३३ जनामा गरिएको पीसीआरबाट १ हजार ६४२ जना र ३ हजार ८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २ हजार ४४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज संक्रमण पुष्टी भएका सहित नेपालमा संक्रमितहरुको कुल संख्या पीसीआर तर्फ ६ लाख ६८ हजार ७५१ जना र एन्टिजेन तर्फ ४९ हजार ७४३ जना पुगेको छ ।
त्यस्तै गरी आज देशै भरका विभिन्न जिल्लामा रहेका १ हजार २५८ जना कोरोना संक्रमण मुत्त भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३३२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको ज्यान गएको छ । यो सहित संक्रमणबाट ज्यान गुमाउनको संख्या ९ हजार ५८२ जना पुगेको छ ।



