साँकेितक तस्बिर
पर्सा । पर्सा प्रहरीले लागुऔषध खैरो हिरोइनसहित वडाअध्यक्षलाइ पक्राउ गरेको छ ।
मैनपुर गाउँपालिका १ धोरेका वडाअध्यक्ष अम्बिका सहनी वीरगंज १९ बर्वास्थित तिलावे पुल नजिकैवाट पक्राउ परेका हुन ।
वडाअध्यक्ष सहनी चढेको ना. १ ब ३५९५ नम्बरको सरकारी पल्सर मोटर साइकलको फिल्टर बक्सबाट ७९ ग्राम खैरो हिरोईन बरामद भएको पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
प्रहरीले मोटरसाइकलमा सँगै रहेका स्थानीय बलिष्टर सहनी र राम आदेश सहनीलाई समेत पक्राउ गरेको छ ।
बलिष्टर पकहा मैनपुर गाउँपालिका १ कै वडा सदस्य हुन । आदेश सहनी भने वडाअध्यक्षका आफन्त भएको बताइएको छ ।
सहनी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।




















