काठमाण्डौ । नेकपा एमाले केपी ओली निकट युवासंघले आइतबार प्रतिनिधी सभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने एमालेका साँसदहरु गद्वार भएको आरोप लगाएका छन् ।
युवांसघले आफ्ना निकट भनिएका सांसदहरुले देउवालाई बिश्वासको मत दिएपछि मतदिने एमाले सांसदहरुलाई गद्दार घोषणा गर्दै उनीहरुको निर्वाचन क्षेत्रमा बिरोध कार्यक्रम गर्ने घोषणा गरेको हो ।
युवासंघले देउवालाई बिश्वासको मत दिने सांसदहरुको निर्वाचन क्षेत्रमा दिउँसो २ः०० बजे बिरोध गर्दै प्रतिनिधिसभाको कार्यकालभरि निर्वाचित सांसदलाई उत्त क्षेत्रमा निषेधको कार्यक्रम समेत घोषणा गर्ने चेतावनी दिएको छ ।
संघले एमालेका लाखौं कार्यकर्ताको ऊर्जा र उत्साहमा पानी खन्याउँदै, उनीहरुको भावनामा गम्भीर आघात पुर्याउने सांसदहरुलाई सशक्त बहिष्कार गर्न आह्वान समेत गरेको छ ।


