काठमाण्डौँ । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६२८ जनाको पीसीआर र ३ हजार जनाको एन्टिजेन गरी ९ हजार ६२८ जनाको परिक्षण गर्दा १ हजार ८०१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका सहित नेपालमा पीसीआर विधि मार्फत ६ लख ६७ हजार १०९ जना र एन्टिजेन मार्फत ४८ हजार ९४० जनामा संक्रमण देखिएको छ । आजै १ हजार ६६७ जना कोरोना संक्रमण मुत्त भएका छन् यो सहित संक्रमण मुत्त हुनेहरुको संख्या ६ लाख ३२ हजार ७४ जना रहेको मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा २३ जना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै हालसम्म मृत्युु हुनेको कूल संख्या ९ हजार ५५० पुगेको छ ।




















