मुस्ताङ । मुस्ताङमा ट्रक दुर्घटनामा परी श्रीमान श्रीमतीको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका ५ ठिनी खोलामा मालबाहक ट्रक दुर्घटना हुँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको मुस्ताङ प्रहरीले जनाएको छ ।
ठिनीबाट निर्माण सामग्री लिएर ढुम्बातर्फ जाँदै गरेको ग. १ ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा अवस्थित कच्ची काठेपुल क्रस गर्ने क्रममा भत्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा रामेछाप गोकुल गंगा गाउँपालिका–१ घर भएको ३८ वर्षीय चित्रबहादुर श्रेष्ठ र उनकी श्रीमती २६ वर्षीया मोनिका श्रेष्ठको भएको जिल्ला ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् ।




















