साँकेतिक तस्बिर
काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट आजै विश्वासको मत लिने भएको छ । विश्वासको मत लिन प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ ।
सर्वोच्च अदालतको असार २८ को परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका उनले पुनःस्थापित प्रतिनिधि सभामा आइतबार नै विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत लिने प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटामार्फत् संसद् सचिवालयमा पेश गरिसकेको छ ।
आज प्रतिनिधि सभाको बैठक २ चरणमा बस्ने र दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।




















