काभ्रे । छोराको कुटाईबाट बाबुको मृत्यु भएको छ । काभ्रेको भुम्लु ९ धेरैनीका ७० वर्षीय बाबु कमान सिंह तामाङलाई उनका छोरा दुर्गा तामाङले कुटपिट गरी ज्यान लिएको हो ।
काभ्रे प्रहरीका अनुसार ४० वर्षीय सत्य भन्ने दुर्गा तामाङलाई बावुको ज्यान लिएको अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
कमान सिंहको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरी चौकी दोलालघाटबाट खटिएको प्रहरीले दुर्गालाई पक्राउ गरेको जनाएको छ ।




















