काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १ हजार ८७५ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन परिक्षणका क्रममा शनिबार थप १ हजार ८७५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । यो सहित मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ ।




















