साँकेतिक तस्बिर
पाल्पा । पहिरोले ट्याक्टर र जेसिवी पुरिदा १ जनाको मृत्यु भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका ६ डुँम्रे स्थित भित्री कच्ची सडकमा पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा ट्याक्टर सहयोगी बर्दिया अस्मेरी गाउँपालिका ३ का २७ वर्षीय महेन्द (मुमलाल) पुनको मृत्यु भएको हो ।
डुँम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरि जाँदै गरेको लु. ४ त ६६२९ नम्वरको ट्याक्टर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो ।
हिलोमा फसेको ट्याक्ट निकाल्न जाँदा जेसिवी पनि पहिरोले परिएको प्रहरीले जनाएको छ ।




















