काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा ९ हजार ६१३ जनाको पीसीआर र ४ हजार ५६९ जनाको एन्टिजेन गरी १४ हजार १८२ जनाको कोरोना परिक्षण गर्दा २ हजार ९३६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका सहित नेपालमा संक्रमितको संख्या पीसीआर तर्फ ६ लाख ६४ हजार ५७६ जना र एन्टिजेन तर्फ ४७ हजार ७९७ जना पुगेको छ ।
आजै १ हजार ७७५ जना कोरोना संक्रमणबाट मुत्त भएका छन् यो सहित नेपालमा कोरोना संक्रमणबाट मुत्त हुनेको संख्या ६ लाख २८ हजार २४३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी २४ घण्टामा ४३ जनाको कोरोनाले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ ।




















