काठमाण्डौं – एमाले अध्यक्ष ओलीले स्थायी कमिटी बैठक रोक्न नमाने पछि खनाल–नेपाल समूहका नेताहरु बैठक स्थलबाट बाहिरिए छन् ।
अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भिमरावलको आग्रहलाई अटेर गरी छलफल अगाडी बढाए पछि खनाल–नेपाल समूहका भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट लगायतका नेताहरु बैठक स्थलबाट बाहिरीएका हुन् ।
च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा भइरहेको बैठकमा नेपाल पक्षका कार्यदलमा सदस्य रहेका नेताहरु अध्यक्ष ओलीलाई बैठक रोक्न आग्रह गरेका थिए ।
आजको बैठकमा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई अनुमोदन गर्ने तयारी छ । १० बुँदे सहमतिमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् ।
आजै अध्यक्ष ओलीले संसदीय दलको बैठक बोलाएका छन् । बानेश्वरस्थित संघीय संसद्को लोत्से हलमा बोलाएको बैठकमा एमालेको अब प्रतिनिधि सभामा कस्तो रणनीति बनाउने भन्नेबारेमा छलफल हुने एक नेताले बताए ।




















