काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर विधिबाट ८ हजार २५६ जनाको परिक्षण गर्दा र एन्टिजेन विधिबाट ४ हजार ५१२ गरी १२ हजार ७६८ जनाको नमूना परीक्षणमा २ हजार ६७६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका सहित नेपालमा पीसीआर ६ लाख ६२ हजार ७५० जना र एन्टिजेन मार्फत ४६ हजार ८६७ जनामा संक्रमण देखिएको छ । त्यस्तै गरी आज १ हजार ७५७ जना संक्रमण मुत्त भएका छन् । यो सहित नेपालमा संक्रमण मुत्त हुने ६ लाख २६ हजार ४६८ जना पुगेको छ ।
पछिल्लो २४ घन्टामा थप ३३ जनाको मृत्यु भएको छ । यो सहित कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेको मन्त्रालयले जनाएको छ ।



