काठमाण्डौ – काठमाण्डौ उपत्यकामा पुन: १० दिनकोलागि निषेधाज्ञा थपिएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुत्त बैठकले उपत्यकाको निषेधाज्ञा आउँदो साउन १० गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।
आजको बैठकले औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै समयमा पनि सञ्चालन गर्न पाइनेछ भने त्यसबाहेकका अरू पसल बेलुका ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।
रेस्टुरेन्ट तथा खाजा घरहरूले टेक अवे र होम डेलिभरी सेवा मात्रै सञ्चालन गर्न पाउने छन् ।
उपत्यकाबाट बाहिरिने र भित्रिने लामो दुरीका सवारी साधान चलाउन नपाइने तर अत्यावश्यक काम विशेषले उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनलाई चल्न दिने निर्णय समेत भएको छ ।
निर्माण सामग्री ढुवानी बेलुकी ९ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।
परिक्षाको हकमा भने एउटा कोठामा २५ जनासम्म राखेर परीक्षा सञ्चालन गर्न पाइने भएको छ ।




