काठमाण्डौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सातै प्रदेशमा रहेका प्रमुखहरु फेर्ने तयारी थालेका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका अन्य नियुक्तिहरु खारेज गर्ने देखि प्रदेश प्रमुख परिवर्तनसम्मको तयारी थालेका हुन् ।
गठबन्धनका दलहरुसँग छलफल गरी सातै प्रदेशमा नयाँ प्रदेश प्रमुखको नियुक्तिको तयारीमा देउवा लागेका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको खनाल–नेपाल समूह र जनता समाजवादी पार्टीबाट सहमतीका आधारमा प्रदेश प्रमुख नियुक्तिको तयारी बढाइएको छ ।
यो काम आउँदो हप्ताभित्रै गरिसक्ने विश्वस्त स्रोतले जानकारी दिएको छ ।
यसैगरी, ओली सरकारका पालामा भएका कतिपय नियुक्तिहरु खारेज वा नियुक्तलाई हटाउनेबारे समेत छलफल भई रहेको उनले बताए ।




















