साँकेतिक तस्बिर
कञ्चनपुर – कञ्चनपुरमा भान्जाको कुटाइबाट मामाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको आफ्नै भान्जा २२ वर्षीय गिरधारी लुहारलेको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
सामान्य विवादकै क्रममा कुटपिट हुँदा मामा वीररामको मृत्यु भएको हो । घटना बुधबार राति भएको प्रहरीले जनाएको छ ।
छिमेकी समेत रहेका मामा–भान्जाबीच के विषयमा विवाद थियो भन्नेखुल्न सकेको छैन ।
कुटपटिमा संलग्न भान्जा गिरधारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।




















