एजेन्सी – अमेरिकाको मिशिगनमा सडकमा गुडिरहेको तेल ट्यांकर पल्टेदा विस्फोट भएपछि आगलागि भएको छ ।
ट्यांकरको पछाडि रहेको कारको ड्याशबोर्डमा राखिएको क्यामरामा उक्त भयानक दृष्य कैद भएको हो ।
ट्यांकर राजमार्गको बीचमा रहेको पर्खालमा ठोकिएर पल्टेको र त्यस लगत्तै ट्याङकरमा आगलागि भएको देख्न सकिन्छ ।
कंक्रिट ब्यारियरमा ठोकिनेबित्तिकै ट्यांकर विस्फोट भएको थियो । त्यसमा १४ हजार ग्यालन पेट्रोल र डिजेल रािखएको अमेरिकी प्रहरीले जनाएको छ ।
विस्फोट भएपछि ट्यांकर २ घन्टासम्म बलिरहेको थियो । ट्यांकरका चालक ४६ वर्षीय पुरुष हाम्फालेर बाँचन सफल भएका थिए ।
‘ट्यांकर चालकलाई सामान्य चोटपटक लागेकाले र दुर्घटनामा अन्य कुनै पनि वाहन नपरेको प्रहरीले जनाएको छ ।




















