काठमाण्डौं – नोबल कोरोना सङ्क्रमणको दर फेरि बढ्न थालेको छ । बुधबार थप २ हजार ९०५ जनामा संक्रमण देखिए संगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय यो कुराको पुष्टी गरेको हो ।
गएको आइतबार १ हजार ८३१ मा कोरोना सङ्क्रमण देखिएकोमा सोमबार २ हजार ३७० र मङ्गलबार २ हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भए संगै मन्त्रालयले नेपालमा पुनः संक्रमण दर बढ्न थालेको जनाएको छ ।
देशको विभिन्न प्रयोगशालमा ८ हजार १०८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १० जनामा र ४ हजार ९१६ जनामा एन्टिजेन परीक्षण गर्दा ८९५ जनामा गरी बुधबार थप २ हजार ९०५ सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको निधन भएको छ । हालसम्म कोरोनाबाट निधन हुनेको सङ्ख्या ९ हजार ४३० पुगेको छ ।
बुधबार १ हजार ६०६ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख २४ हजार ७११ जना पुगेको छ । त्यस्तैगरी आज संक्रमण देखिएका सहित नेपालमा संक्रमितहरुको संख्या पीसीआर परिक्षणबाट ६ लाख ६० हजार ७८८ जना र एन्टिजेन मार्फत ४५ हजार ९७३ पुगेको मन्त्रालयले जनाएको छ ।





















