आँबुखेरेनी – तनहुँको आँबुखैरेनीमा आज मोटर साइकलले ठक्कर दिदा गोरखा शहिद लखनकी १ महिला घाईते भएकी छिन् ।
बुधबार दिउसो १ः३० बजे आँबुखैरेनी गोरखा सडक खण्डमा गोरखा तर्फ जादै गरेको बा.६३ प ९८०६ नम्बरको मोटर साइकलले ठक्कर दिदा गोरखा जिल्ला शहिद लखन गाउँपालिका ५ बस्ने ४० बर्षिया ओममायाँ थापा घाईते भएकी हुन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिका ३ को तल्लो बजार क्षेत्रमा ठक्कर दिएकी ओममायाँको आँबुखैरेनीमा सामान्य उपचार पछि थप उपचारकोलागि चितवन मेडिकल कलेज भरतपुर लगिएको आँबुखैरेनी प्रहरीले जानकारी दिएको छ ।
घटनामा संलग्न मोटर साइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




















