पोखरा – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको विरोधका बावजुद पनि गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसदले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।
वेल घेराउ गरेका प्रतिपक्षी सांसदलाई मर्यादापालक लगाएर छेकिएको थियो । केही बेर मर्यादापालक र प्रतिपक्ष सांसदहरु बिच घचेटाघचेट समेत भएको थियो ।
अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका पोखरेलले विनियोजन विधेयक लगायत विधेयक पारित गर्न राखेको प्रस्ताव सत्ता पक्षका बहुमत सांसदले पारित गरेका थिए । पोखरेलले १ असारमा ३० अर्बको बजेट ल्याएका थिए ।



