उदयपुर । खेतमा काम गरिरहेका २ जना महिलाको चट्याङ लागेर ज्यान गएको छ ।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित मुसहर टोलमा खेतमा काम गर्दै गरेका ललिता सदा र फूलकुमारी सदाको चट्याङ लागेर ज्यान गएको उदयपुर प्रहरीले जनाएको छ ।
उनीहरु दुवै जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।




















