काठमाण्डौं । नोबल कोरोना भाइसर (कोभिड–१९)बाट आज थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ५८ जनाको पीसीआर परीक्षणमा गर्दा १ हजार ६३९ जना र ३ हजार ९५४ जनाको एन्टिजेन परीक्षणमा ७५९ जनामा गरी मंगलबार थप २ हजार ३९८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पुष्टि गरेको हो ।
आज संक्रमण देखिएकाहरु संगै नेपालमा संक्रमित हुनेको संख्या पीसीआरबाट ६ लाख ५८ हजार ७७८ जना र एन्टिजेन प्रविधिबाट ४५ हजार ७८ जनामा संक्रमण देखिएको छ । आजै २ हजार ७८ जना संक्रमणबाट मुत्त भएका छन् । यो सहित नेपालमा संक्रमणबाट मुत्तहुनेको संख्या ६ लाख २३ हजार १०५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण १२ जनाले ज्यान गुमाएका छन् । यो सहित संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ४१२ जना पुगेको छ ।





















