काठमाण्डौँ । महान्यायाधिवक्ता रमेश बडालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको र प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्ती गरे संगै महान्यायाधिवक्ताले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
महान्यायाधिवक्ता बडालले मंगलबार प्रधानमन्त्री ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लिखित राजीनामा दिएका हुन् ।
महान्यायाधिवक्ता कार्यालयका सूचना अधिकारी गोकुलबहादुर निरौलाका अनुसार बडालको आजै बिदाई कार्यक्रम राखेको छ ।
बडाललाई २०७७ चैत ६ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।




















