काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।
सर्वोच्च अदालतले मंगलबार परमादेश जारी गरेर नेपाली काँग्रेसका सभापती देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो ।
राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरे संगै साँझ ६ बजेका लागि सपथ ग्रहण कार्यक्रम राखिएको छ ।




















