काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गदैं छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरदबारबाट उनले अपराह्न देशवासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि राष्ट्रपती शेयरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुत्त गरे लगत्तै ओली पदमुक्त भएका छन् ।
उनले आजै प्रधानमन्त्रीको सरकारी निवास पनि छाड्दै छन् । विसं २०७४ फागुन ३ मा नियुक्त भएपछि नेकपा (एमाले) संसदीय दलका नेता ओली ३ वर्ष ४ महिना प्रधानमन्त्रीमा रहे ।
यस्तै प्रधानमन्त्रीले अपराह्न सम्बोधन गर्ने भएपछि एमाले स्थायी कमिटी बैठक पनि स्थगन गरिएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आज अपराह्न १ बजे बोलाइएको बैठक स्थगन गरिएको जानकारी दिए ।




















