×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

चुँदी रम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने

  •  गोरखा समाचार
  • मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली भाषामाथि विदेशी भाषाको अतिक्रमण बढिरहको बेला भानुभक्तको योगदान स्मरण गरेर नेपाली भाषालाई अझ मजबुद् बनाउनु पर्ने बेला आएको बताएका छन् ।

    भानुभक्तको २ सय आठौं जन्मजयन्तीका अवसरमा मंगलबार शुभकामना वक्तव्य जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘भाषा निरन्तर रुपमा परिमार्जन र परिष्कृत हुँदै जाने विषय हो । भानुभक्तले लगाएको बलियो जगमा टेकेर नेपाली भाषाको श्रीवृद्धिमा लाग्न यस पावन अवसरमा म सम्पूर्ण विद्धानहरुलाई अनुरोध गर्दछु ।’ भानुले थालेका थालेको भाषिक विकासको आन्दोलनलाई थप उचाइमा पु¥याउन उनले आग्रह गरेका छन् ।

    नेपाल र नेपालीको प्रेरणाका स्रोत नेपाली भाषाको श्रीवृद्धिका माध्यमबाट नेपालको राष्ट्रिय एकतामा अतुलनीय योगदान गर्ने युगपुरुष आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीका अवसरमा मुख्यमन्त्रीले बधाई तथा शुभ–कामना दिएका छन् ।

    उनले युगपुरुष भानुभक्त जन्मेको स्थल पुण्य भूमि हो भन्दै उनले भनेका छन्, ‘साहित्यकारहरुका लागि यो तीर्थस्थल हो । भानुभक्तको जन्मस्थललाई नेपाली भाषा, साहित्य र संस्कृति विकासको केन्द्रको रुपमा स्थापित गर्नु आवश्यक छ ।’ पुण्य भूमिको समृद्धिको लागि र चुँदी रम्घालाई नेपाली भाषाको विकासको अध्ययन अनुसन्धान गर्ने केन्द्रको रुपमा विकास गर्न उनले प्रदेश सरकार सरोकारवाला सबैसँग मिलेर काम गर्न प्रतिवद्ध रहेको जनाएका छन् ।

    पृथ्वीनारायण शाहले भौगोलिक रुपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको गौरवपूर्ण सन्दर्भलाई उनले स्मरण गरेका छन् । रामायण जस्तो चर्चित र लोकप्रिय ग्रन्थलाई नेपालीमा अनुवाद गरी जनजनमा पु¥याएर नेपाली भाषाको श्रीवृद्धि मात्र होइन राष्ट्रिय एकता प्रवद्र्धनमा भानुले गरेको योगदान नेपाल र नेपालीको मानसपटलमा युग युगसम्म रहने शुभकामना सन्देशमा उल्लेख छ ।

    विसं १९७१ मा असार २९ मा तनहुँको चुँदी रम्घा गाउँमा कुलिन परिवारमा भानुको जन्म भएको हो । भानुभक्त सम्पूर्ण नेपाली जातिका लागि प्रेरणा र गौरवको स्रोत भन्दै मुख्यमन्त्री पोखरेलले संसारभर छरिएर रहेका नेपालीहरुका लागि उनी सदासर्वदा प्रातःस्मरणीय रहेको जनाएका छन् । घाँसीको प्रेरणाबाट महत्वपूर्ण कृति जन्माएको घटनाले त झन् भानुको सरलता र महानता झल्कने उनको भनाइ छ । भानुले रामायणलाई नेपाली भाषामा रचना गर्नुका अतिरिक्त प्रश्नोत्तर, भक्तमाला लगायतका प्रसिद्ध कृतिहरु हामीलाई उपहारका रुपमा दिएका छन् ।

    रामायणको छन्द र भावलाई कत्ति पनि तलमाथि नपारी नेपाली जनजिब्रोमा झुण्डिने सरल भाषामा अनुवाद गरेकै कारण भानुभक्त नेपाली भाषीमा प्रिय बनेका हुन् । विभिन्न कृतिको रचना गरेता पनि सबै भन्दा रुचाइएको कृति भएकाले उनको पहिचान रामायणसँगै जोडिएको छ । भानुभक्तलाई कवि भानुभक्तका रुपमा चिनाउने श्रेय भने मोतिराम भट्टलाई जान्छ । भानुभक्तका पाण्डुलिपीलाई संग्रह गरी पुस्तक प्रकाशन गर्ने उनै मोतिराम भट्टले भानुभक्तलाई नेपाली भाषाको आदिकविको उपाधि दिएर चिनाएका हुन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.