पालिकाकाे कार्यालय र पृष्ठ भागमा देखिएकाे भच्चेक बजार
गोरखा । अजिरकोट गाउँपालिकामा संक्रमण तिब्र रुपमा फैलिएको भन्दै गाउँपालिकाको कार्यालय र अन्य ३ स्थानलाई शिल गरिएको छ ।
पालिकाका प्रमुख प्रशासकिय अधिकृत शुरेर दवाडीले आज सूचना जारी गर्दै गाउँपालिकाको कार्यालय र मिलिम, धादिङगरा र भच्चेक बजार शिल गरिएको हो ।
साता दिन यता उत्त क्षेत्रमा संक्रमितहरुको संख्या बढ्न थालेको भन्दै अजिरकोट गाउँपालिका १ को मिलिम, ३ को धादिङगरा र भच्चेक बजार र वरपरको क्षेत्र शिल गरिएको पालिकाले जनाएको छ ।
गाउँपालिकाले आज एक सूचना जारी गर्दै आगामी साउन ७ गते सम्म पालिकाको कार्यालयबाट हुने अत्यावश्यकीय काम बाहेकका सबै काम समेत बन्द गरिएको जनाएको छ ।





















