गोरखा । जिल्लाको अजिरकोट गाउँपालिकमा केही दिन यता देखी संक्रमण फैलिन थाले संगै परिक्षणका दायरा पनि बढाईएको छ । सोमबार १४२ जनामा एन्टिजेन परिक्षण गर्दा २१ जनामा संक्रमण देखिएको हो । अन्य ३ स्थानिय तहमा ८ जनामा पनि संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
सोमबार अजिरकोट गाउँपालिकामा ७४ जना महिला र ६८ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको थियो । त्यस मध्ये ९ जना महिला र १२ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै गरी आरुघाट, शहिद लखन र भिमसेन थापा गाउँपालिकामा पनि गरिएको एन्टिजेन परिक्षणका क्रममा थप ८ जनामा संक्रमण देखिएको छ ।
कार्यालयका अनुसार आरुघाट र शहिद लखनमा गरिएको एन्टिजेन परिक्षणका क्रममा १-१ जना महिला र पुरुषमा संक्रमण देखिएको छ भने भिमसेन थापा गाउँपालिकामा ४ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको छ ।
सोमबार साँझ सम्म जिल्लाको विभिन्न स्थानिय तहमा २४९ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।




















