गोरखा । गोरखा जिल्लामा आठौ पटक निषेधाज्ञाको समय थप गरिएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सोमबारको बैठकले पुनः साउन ९ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
जिल्लामा गएको बैशाख २२ गतेदेखि लागू गरिएको निषेधाज्ञा पटक–पटक गरि यो ८ औं पटक थप गरिएको हो । जिल्ला भित्र कोरोना संक्रमण संक्रमण रोकथाम, न्युनिकरण र व्यवस्थापनका लागि पनि निषेधाज्ञाको समय थप गर्ने भएका कारण साउन ९ गते सम्मकालागि लम्बाईएको प्रमुख जिल्ला अधिकारी शलिकग्राम शर्मा पौडेलले बताए ।
आज (मंगलबार) राती १२ः०० बजेसम्म निषेधाज्ञा रहदैमा पुनः सोही समयबाट लागुहुने गरी समय थप गरेर निषेधाज्ञाको अबधी लम्बाईएको छ । तर यो अवधीमा भने धेरै कुरामा छुट दिएको केन्द्रले जारी गरेको सूचनामा भनिएको छ ।
गोष्ठी सेमिनारमा रोक
केन्द्रले प्राय गर्ने निर्णय मध्ये यो सधै गरेको हुन्छ तर पहुचवालाले गोष्ठी र सेमिनार प्रमुख जिल्ला अधिकारीकै नाकै मुनी गर्दा पनि कारवाहीको परैको कुरा सचेत सम्म गराउने काम भएको पाइदैन । केन्द्रले आठौ पटक निषेधाज्ञा जारी गर्दा पनि जिल्ला भित्र कुनै प्रकारको सभा सम्मेलन, तालिम गोष्ठी, सेमिनार भेला गर्न नपाइने भनेर निर्णय गरेको छ ।
सवारी साधान
जिल्ला भित्र सार्वजनिक सवारी साधन सञ्चालनमा यस अघिकै बैठकले खुल्ला गरेको छ । यता बुधबार देखी यातायात ब्यवसायीले जिल्ला बाहिर पनि जाने गरी सवारी सञ्चालनमा ल्याउने बताई रहदा प्रमुख जिल्ला अधिकारीले भने त्यसो गरेमा कारवाही गर्ने चेतावनी दिएका छन् । सवारी सञ्चालको हकमा अनिबार्य रुपमा चालक, सह–चालक र यात्रुले मास्क, पन्जा, फेससिल्ड लगाउनु पर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले गरेको निर्णय कारर्यान्वयन भए नभएको बिषयमा भने आज सम्म पनि सरोकारवालाहरुले अनुगमन भने गरेका छैनन् । अहिले पनि सवारी साधनमा चालक र सह–चालकको त कुरै नगरौ यात्रुले समेत स्वास्थ्य मापदण्ड मिचेर क्षमता भन्दा दोब्बर यात्रु राखेर सवारी सञ्चालनमा आई रहेको छ ।
पसलहरु सबै खुल्ला
बैठकले निषेधाज्ञाको अबधीमा दैनिक उपभोग्यबस्तु, खाद्यान्य, तरकारी, दुध तथा माछा, मासु, कृषिजन्य बिउबिजन मल पशुपन्छीको दाना बिक्री गर्ने पसल निर्वाध रुपमा बिहान ५ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ । तर यस अघि यस्ता पसलहरु बिहान ११ः०० सम्म मात्र खुल्ला गर्न पाउने नियम बनाईएको थियो ।
होटल तथा रेष्टुरेन्टको हकमा
बैठकले खाजा घर, मिठाइ पसल, रेष्टुरेन्टहरुबाट होम डेलिभरी र टेक अवे बिहान ५ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ । तर यस अघि नै सदरमुकाम तथा जिल्लाका अधिकासं स्थानमा रहेको होटल तथा रेष्टुरेन्टहरु निर्वाध रुपमा सञ्चालन हुदै आएको छ ।
होटल तथा लजहरुले स्वास्थ्य मापदण्डको पालना गरि कुल क्षमताको एक तिहाई कोठा सञ्चालन गर्न पाउने निर्णय बैठकले गरेको छ ।
सोमबार बसेको केन्द्रको बैठकले जुत्ता पसल, फोटाकपी पसल, इलोक्ट्रिक पसल, इलोक्ट्रोनिक्स पसलहरु पनि साँझ ५ः०० बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ । बित्तिय संस्थाहरुले समेत घरदैलोमा गई रकम संकलन गर्न पाउने निर्णय भएको छ ।






















