गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा ३ जना महिला कोरोना संक्रमितमा ‘डेल्टा’ भेरियन्टको संक्रमण भएको पुष्टी भएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको स्वाब परिक्षणका क्रममा ३३, ४० र ७० बर्षिया महिलाहरुमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।
निर्देशनालयले सूचना जारी गर्दै गएको जेठ ३१ गते लिइएको स्वाब परिक्षणकालागि पठाइएको स्वाब मध्ये ३ जना महिलामा ‘डेल्टा’ भेरियन्टको संक्रमण देखिएको जनाएको छ ।
‘डेल्टा’ भेरियन्ट अरु भेरियन्ट भन्दा कडा स्वाभावको संक्रमण भएको स्वास्थ्य विज्ञहरुले जनाएका छन् ।





















