गोरखा । उत्तरी गोरखाको सिर्दीबास डिपोमा १५० क्विन्टल चामल पुगेको छ । निरन्तरको बर्षाले कच्ची सडक र गोरेटो बाटो समेत अबरुद्व भए पछि नेपाली सेनाको हेली मार्फत शनिबार साँझ सम्ममा उत्त परिमाणको चामल ढुवानी गरिएको हो ।
बाटो अबरुद्व भए संगै उत्तरी गोरखामा चामलको अभाव देखिन थाले पछि स्थानिय पालिका, प्रशासनको पहलमा गृह मन्त्रालयले उपलब्ध गराएको नेपाली सेनाको हेली मार्फत २ दिन लगाएर खाद्य तथा ब्यापार कम्पनीको अनुदानको चामल सिर्दीबार डिपो सम्म लान सफलता प्राप्त भएको कम्पनीको गोरखा शाखाले जनाएको छ ।
गत २३ गते बुधबार ८५ क्विन्टल चामल ढुवानी भए लगत्तै बिहीबार र शुक्रबार मौषममा आएको परिवर्तनका कारण चामल ढुवानीमा समस्या भएको र शनिकार मौषम सफा भए लगत्तै पुनः नेपाली सेनाकै हेली मार्फत ६५ क्विन्टल चामल सिर्दीबास डिपोमा लगिएको कम्पनीको गोरखा शाखाले जानकारी दिएको छ ।
उत्त डिपोबाट साविकको सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक र ल्हो गाउँ बिकास समितिमा बसोबास गर्नेहरुलाई सहुलियतमा चामल उपलब्ध गराउदै आएको छ ।
या बर्ष कम्पनीले उत्त डिपोमा ३ हजार ५०० क्विन्टल चामल ढुवानी गनुपर्नेमा जेठको अन्तिम साता देखी परेको अबिरल बर्षाका कारण कच्ची सडक र गोरेटो बाटो क्षत विच्छेद भएका कारण ढुवानी गर्न असफल भएको थियो ।
हेली मार्फत डिपोमा पुरयाईएको चामल अरुवा मन्सुली जातको भएको र प्रति किलो ५० रुपैयाँ ३० पैसामा बिक्री गरिदै आएको सिर्दीबास डिपोले जनाएको छ ।




















