साँकेतिक तस्बिर
गोरखा । निषेधाज्ञाको मौका छोपेर जिल्ला भित्र सञ्चालित माइक्रोले यात्रु संग महँगो भाडा असुलेको उजुरीको आधारमा प्रहरीले ३ वटा माइक्रोलाई नियन्त्रढामा लिएको छ ।
गोरखाबाट काठमाण्डौ र नारायणगढ तथा काठमाण्डौंबाट गोरखा आउदै गरेका ३ वटा माइक्रोलाइ प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो ।
गोरखाबाट काठमाण्डौं जादै गरेको बा.५ ख १०७३, नारायणगढ तर्फ जादै गरेको ग.१ ख ९६२२ र काठमाण्डौंबाट गोरखा तर्फ आउदै गरेको बा.५ ख १०७७ नम्बरको माइक्रोलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
राजधानीबाट गोरखा आउने माइक्रोले सामाजिक सञ्जालमा नै गोरखा जाने यात्रुलाई सम्र्पक गर्न भनेको थाहा पाएको प्रहरीले मझुवा देउरालीबाट उत्त माइक्रोलाई नियन्त्रणमा लिने क्रममा यात्रु संग चर्को भाडा असुलेको जानकारी प्राप्त भएको कार्यालयले जनाएको छ ।
यता गोरखाबाट राजधानी तर्फ प्रति ब्यत्ति १ हजार रुपैयाँ असुलेर जादै गरेको अवस्थामा १२ किलो बजारबाट नियन्त्रणमा लिएको र अर्को नामजुङबाट नारायणगढ तर्फ जादै गरेको माइक्रोले पनि बढी भाडा असुलेको निषेधाज्ञा उल्लघंन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।
केही दिन देखी प्रहरीलाइ झुक्काएर गोरखा र तनहुँको सिमानामा रहेको मस्र्याङदी पुलमा यात्रुलाई झारेर खाली गाडी तनहुँको आँबुखैरेनी मर्मतकालागि जाने बहानामा त्यहाँबाट पोखरा, चितवन र राजधानी सम्म पुग्ने गरेको पनि खुलासा भएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी उपरिक्षक शेखर खनालले बताए ।




















