गोरखा । गोरखाको २ स्थानिय तहमा आज गरिएको एन्टिजेन परिक्षणका क्रममा ४ जनामा संक्रमण पुष्टी भएको छ । आरुघा र धार्चे गाउँपालिकामा गरिएको एन्टिजेन परिक्षणमा शनिबार थप ४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
७÷७ जना महिला पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा २÷२ जना महिला पुरुषमा संक्रमण देखिएको छ । आरुघाट गाउँपालिकामा २ जना महिला र धार्चे गाउँपालिकामा २ जना पुरुषमा संक्रमण देखिएको हो ।
आज जिल्लाको अन्य स्थानहरुमा भने एन्टिजेन परिक्षण गरिएको छैन । कार्यालयका तथ्यांक अनुसार शनिबार साँझ सम्म जिल्लाको विभिन्न स्थानिय तहमा २५४ जना सक्रिय संक्रमित रहेका छन् ।




















