×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

हे भगवान् ! नेपालमा जो पनि भ्रष्टाचारी !

"बम बम भोले, सबका मन तौले ! "
  •  गोरखा समाचार
  • शनिबार, असार २६, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    कन्टिर–बाबू स्कुलमा पढ्दा एक जना गुरूदेव (ती अब यस लोकमा छैनन्ले) भनेको कुरा सम्झिन्छन् । भ्रष्टाचार र अनियमितताको कुरा उठ्दा ती गुरूदेवको भनाइ हुन्थ्यो– नेपालीहरू बहुत करप्ट छन् । नेपालीको रगतमै करप्सन छ ।

    भनिन्छ, हरेक मान्छे बिकाउ हुन्छ । को कतिमा बिक्छ र मोल लगाउने को हुन्छ ? त्यो अलग कुरा हो । ती गुरूदेवका अनुसार नेपालमा प्रायः तिनीहरूमात्रै इमानदार छन्, जसले भ्रष्टाचारको मौका पाएका छैनन् ।

    २०३८ सालतिरको यो कुरो कन्टिर–बाबूले ४० वर्षयता पटक–पटक सम्झेका छन् । विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा कन्टिर–बाबूलाई अबचाहिँ ती गुरूदेवको भनाइ पूर्णतः सत्य लाग्न थालेको छ । साँच्चै, नेपालमा भ्रष्टाचार गर्ने मौका नपाएकाहरू मात्र इमानदार छन् ।

    अरे यार, जेमा पनि भ्रष्टाचार छ ! के–केको मात्र चर्चा गर्नु ? कसैले कुनै मौका पायो कि ड्याङडुङ पारामा झ्यामझुम पारिहाल्छन् । शौचालयदेखि देवालयसम्म भ्रष्टाचारीको लर्को छ ।

    अब हेर्नुस, बाबा पशुपतिकै कुरो । अरूबेला दान–धर्मको खुब ख्याल हुने तर भ्रष्टाचार गर्ने बेलामा न नीति याद आउने, न ईश्वरको डर हुने ! गायक पशुपति शर्माले भने जस्तो– लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरू देशमा पाइँदैन नेपालमै हो छुट ।

    आफूले दिनरात पूजा गर्ने भगवानकै नाममा भ्रष्टाचार गर्नसक्ने काबिलहरू नेपालभन्दा अन्यत्र कमै पाइएलान् । मानौँ तिनले भगवानको पूजा पनि ‘खुब भ्रष्टाचार गर्ने अवसर पाउँ प्रभु,’ भन्ने भाकल राखेर गर्ने गर्छन् । तर तिनलाई के थाहा– बम बम भोले, सबका मन तौले !

    कन्टिर–बाबू छक्क परेका छन् । पशुपतिमा चढाइएको जलहरीलाई पनि भ्रष्टाचारविज्ञ, काबिलहरूले बाँकी राखेनन् । पशुपतिमा सुनको पवित्र जलहरी राख्ने भन्दै अर्कै धातु मिसाएर बिटुलो बनाइएको कुरा यतिखेर चर्चामा छ ।

    कन्टिर–बाबू चश्मा खोलेर शून्यमा नियाल्दै सोचिरहेका छन– नेपालमा अब केही बाँकी नरहने भो । कण–कणमा भगवान् भने जस्तो कण–कणमा भ्रष्टाचार पो भेटिन थाल्यो । भगवानसँग पनि डर नमान्नेहरू कोसँग डराउलान् र खै ? कृपया पशुपतिनाथले त्यस्ता बदमासहरूको चाहिँ कल्याण नगरुन् !

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, असार २६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.