गोरखा । सिरानचोक गाँउपालिका ३ को हर्मी स्थित हर्मी भन्ज्याङमा पार्क निर्माणका थालनी गरिएको छ । करिब २५ रोपनी क्षेत्रफलमा बरालबोटे पार्क निर्माण गर्न लागिएको हो ।
‘पार्क भित्रै रहेका धाराको संरक्षण र पोखरीको जगेर्ना गर्ने काम अहिले सिमसार ब्यवस्थापन कार्यक्रम अन्र्तगत बन डिभिजन कार्यालयले गरिरहेको छ । बरालबोटे संरक्षण पार्कमा चौतारो बनाउने, सिँढी बाटो बनाउने, तारबार लगाउने, नाली बनाउने, बृक्षारोपणको काम पनि भई रहेको छ ।
पार्क भित्र असोका, धुपी, कपुर, टिम्मुर, तेजपत्ता जस्ता बोट बिरुवा पार्क क्षेत्र भित्र लगाईएको छ । पार्कलाई बन भोज स्थलको रुपमा बिकास गर्ने योजना रहेको स्थानीयले बताएका छन् ।
पार्क भित्र हर्मीका करिब २०० घर परिवारले पिउने पानीको पुरानो धारा रहेकोले त्यसलाई पनि संरक्षणको योजना बनाइएको छ ।




















