×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

रक्त क्यान्सर पिडित बालिका दिप्तीलाई २ लाख सहयोग

  •  गोरखा समाचार
  • शनिबार, असार २६, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । रक्त क्यान्सर पिडित पोखरा ३१ बेगनासकी ३ बर्षिया बालिका दिप्ती सापकोटा बचाउ अभियानले उनका अभिभावकलाई २ लाख १ हजार ६० रुपैया हस्तान्तरण गरेको छ ।

    संकलित रकम पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका बालरोग विभाग प्रमुख बरिष्ठ बालरोग विशेषज्ञ डा.रामचन्द्र बास्तोलले पिडित बालिकाकी आमा कोपिला सापकोटा रानाभाटलाई हस्तान्तरण गरेका हुन ।

    विभिन्न व्यक्तिबाट उठेको सहयोग रकम दिप्ती बचाउन अभियानका नेतृत्वकर्ता रामवहादुर रानाभाट मार्फत डा.बास्तोलाले हस्तान्तरण गरेका हुन ।

    अभियानमा देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरुले सहयोग गरेको बेगनास युवा क्लवका निर्वतमान अध्यक्ष समेत रहेका रानभाटले बताए । उनले अभियानमा निर्वतमान गृह एवं पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले समेत सहयोग गरेको जानकारी दिए । बालिकालाई उपचार सहज होस् भनेर संकलित रकम हस्तान्तरण गरिएको बताउँदै रानाभाटले दिप्तीलाई कान्ति बालअस्पताल काठमाण्डौं पठाउने व्यवस्था गरिएको बताए ।

    उनले कान्ति बाल अस्पतालमा रहेर उपचारमा सहजहोस् भन्ने उदेश्यले थप केही दिन अभियान चलाएर समापन गरिने बताए । सहयोग आउने क्रम जारी रहेको उल्लेख गर्दै, रानाभाटले दिप्तीका बुवा देवबहादुर सापकोटाको गरिमा बिकास बैंकको खातामा समेत रकम जम्मा गर्न सकिने बताए ।

    असार १ गते देखी क्षेत्रिय अस्पतालको बच्चा वार्डमा उपचार गराईरहेकी बालिकाको आर्थिक अवस्था कमजोर रहेको र उपचारमा सहयोग गर्न भन्दै डा.बास्तोलाले पनि सम्पर्कमा रहेका केही साथीहरुलाई म्यासेन्जर मार्फत र केही समाचार संस्थाहरुले समाचार प्रकाशन गरेपछि अभियान शुरु भएको हो ।

    अस्पतालका बालरोग विभाग प्रमुख बालरोग विशेषज्ञ डा.वास्तोलाले अहिले बच्चाको उपचार क्षेत्रिय अस्पतालमा भएपनि थप ढिलाई गरे बच्चाको ज्यान जानसक्ने बताए । उनले अहिले अस्पतालले निशुल्क उपचार र कुुरुवालाई समेृत निशुल्क खाने व्यवस्था मिलाएको बताउँदै तुरुन्त क्यान्सरको उपचार संभव हुने अस्पतालमा पठाइएको बताए ।

    कान्ति बाल अस्पतालमा त्यहाँका चिकित्सकसँग सम्पर्क गरेर पठाउने तयारी गरिएको समेत डा.वास्तोलाले बताए ।

    क्यान्सरलाई थप फैलन नदिन ज्वरो कमगर्न, घाउ भएमा फैलन नदिने जस्ता उपाय र उपचार अस्पतालले गरेको बताउँदै डा.वास्तोलाले थप उपचार यहाँ संभव नभएको कान्तिबाल अस्पतालमा पठाउन लागिएको बताए । ज्वरो आएर इमर्जेन्सीमा आउनु भएको रहेछ, हामीले भर्ना गरी छुट्टै कोठामा राखेर उपचार र अक्सिजन समेत व्यवस्थ गरेका छौं, उनले भने, औषधी पनि निःशुल्क छ ।

    उनका अनुसार समयमै उपचार गरेमा निको हुने अवस्था ६० प्रतिशत भन्दा माथि रहेको बताए । उनले बच्चालाई ए.एल.एलए क्यूट लिम्फोसाइटीक ल्यूकेमिया (ब्लड क्यान्सर भएको हो । डा वास्तोलाका अनुसार बच्चालाई किमोथेरापीबाट उपचार अघि बढाउन लगाईनेछ ।

    रकम हस्तान्तरण गर्दै, डा. वास्तोलाले संकलित रकम दुरुपयोग नगरी बच्चाको स्वास्थ्यमै खर्चन अभिभावकलाई सुझाव दिएका छन् । उनले उदारमन सहित रकम सहयोग संकलन गरेको भन्दै अभियन्ता रानाभट सहितलाई धन्यवाद समेत दिए । उनले भने वास्तवमा नेपालीहरु उदारमनका छन् यस्ता घटना हेर्न सक्दैनन्, मिडिया र साथीभाईसँग कुरा गरेको यतिका रकम संकलन भयो ।

    अभियन्ता रानाभाटले बच्चालाई पैसाको अभावमा उपचार नहुने अवस्था दुःखद भएको भन्दै, थप सहयोगका लागि विभिन्न व्यक्तित्वहरुले समेत आश्वसन दिएको बताए ।

    पिडित बालिकाकी आमा कोपिला रानाभाट सापकोटाले सहयोगी मनहरुलाई धन्यवाद दिदै, यो सहयोगले आफ्नी छोरी बाँच्ने आशा पलाएको बताईन ।

    रकम हस्तान्तरण गर्न संचारकर्मी नवराज सापकोटा, सचिन रानाभाट, बेगनास युवाक्लवका सुरेन्द्र पुन र चित्रबहादुर गुरुङ्ग पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पुगेका थिए ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, असार २६, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.