काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट शनिबार थप २ हजार १६९ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा ६ हजार ५३० पीसीआर गर्दा १ हजार ३५३ जना र ३ हजार ८८७ जनाको को एन्टिजेन परीक्षण गर्दा ८१६ जना गरी २ हजार १६९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
आज संक्रमण भएकोसँगै पीसीआर बाट संक्रमितको संख्या ६ लाख ५४ हजार २१२ र एन्टिजेन मार्फत संक्रमित हुनेको संख्या ४३ हजार ४५ जना पुगेको छ।
त्यसैगरी आज एकै दिनमा १ हजार ४३२ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालको विभिन्न स्थानमा २२ जनाको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको संख्या ९ हजार ३६२ पुगेको मन्त्रालयले जनाएको छ ।





















