काठमाण्डौं । अमेरिकामा उत्पादन गरिएको जोन्सन एण्ड जोन्सनको खोप सोमबार नेपाल ल्याईने भएको छ । एक मात्रा खोप लगाए पुग्ने भनिएको कोरोनाविरुद्धको उत्त खोप नेपालमा १५ लाख डोज ल्याइने भएको हो ।
अमेरिकाले उत्त परिमाणको खोप नेपाललाई निःशुल्क रुपमा उपलब्ध गराउन लागेको हो । नेपालस्थित अमेरिकी राजदूतावासले शुक्रबार खोप नेपालमा आउनेबारे जानकारी दिएको थियो ।
नेपालमा कोरोना संक्रमण दर फैलिएसँगै नेपाल सरकारले अमेरिकालाई खोप सहयोगको लागि आग्रह गरेको थियो ।
स्वास्थ्य मन्त्रालयले अमेरिकी सरकारसमक्ष ५० लाख डोज जोन्सन एन्ड जोन्सनको खोप खरिदको लागि पत्राचार गरेको भएता पनि खरिद प्रकृया अझै अन्यौलमा छ ।




















