गोरखा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रबक्ता नारायणकाजी श्रेष्ठ पालुङटार नगरपालिकाका पहिरो पिडितलाई राहात लिएर गाउँ पुगेका छन् ।
साता दिन अगाडी भएको लगातारको बर्षाका कारण पालुङटार नगरपालिकाको सेरा, बिर्दी, हवाइ ग्राउन्ड, बड डांडा, छापथोक, राउतेपानी, आँपपिपल, बडहरे खोला लगायत क्षेत्रमा बाढी र पहिरोले क्षति पुरयाएको स्थानियलाई राहत लिएर गाउँ पुगेका हुन् ।
पिडितलाई भेटेर श्रेष्ठले अल्पकालीन र दीर्घकालीन समाधानका निम्ति गण्डकी प्रदेशका मुख्यमन्त्री मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराउनुका साथै तिनवटै सरकार सँगको समन्वयमा समस्या समाधानका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेता श्रेष्ठले पिडितलाई त्रिपाल, कम्बल लगायतका सामाग्रीहरु प्रदान गरेका थिए ।




















